आज गणतन्त्र स्थापना भएको अठौं वर्षमा प्रबेश

जेठ १५,काठमाडौं – आज गणतन्त्र स्थापना भएको अठौं वर्षमा प्रबेश गरेको छ । ०६५ साल जेठ १५ गते बसेको संविधानसभाको पहिलो बैठकले राजतन्त्रको विधिवत अन्त्य गरी गणतन्त्र घोषणा गरेको थियो ।

बैशाख १२ गते गएको विनाशकारी भुकम्पका कारण मुलुक शोकमा रहेकाले गनतन्त्र स्थापनाको महत्वपुर्ण दिन आज कुनै पनि राष्ट्रिय उत्सबका कार्यक्रमहरु सरकारले नगर्ने भएको छ । दिवसको अवसरमा गरिने टुँडिखेलमा नेपाली सेनाले गर्ने औपचारिक कार्यक्रम, राष्ट्रपति डा. रामवरण यादवले गर्ने चियापान लगायतका सबै औपचारिक कार्यक्रम यसपटक रद्ध गरिएको छ । तर सरकारले सार्बजनिक विदा भने दिएको छ ।
गणतन्त्र दिवसको दिन प्रधानमन्त्री र मन्त्रीहरु भूकम्प प्रभावित क्षेत्रको सरसफाइमा जुटेका छन् । विहान बजेदेखि प्रधानमन्त्री सुशील कोइरालासहित सबै मन्त्रीहरुले तोकिएका क्षेत्रमा गएर भग्नावशेष पन्छाउने, सरसफाइ गर्ने लगायतका काम गर्ने जनाईएको छ ।
यसैविच राष्ट्रपति डा. रामवरण यादवले संविधान निर्माण र भूकम्पले भत्किएका संरचनाको पुनःनिर्माण सँगसँगै अघि बढाउनु पर्ने बताउँनु भएको छ । गणतन्त्र दिवसको पुर्वसन्ध्या देशबासीलाई सम्बोधन गर्दै राष्ट्रपति यादवले विनाशकारी भूकम्पले नेपालको वर्तमान पुस्ताले प्रकृतिको निर्मम प्रहार व्यहोर्नु परेको बताउँनु भएको हो । तर, दुःखको बेलामा सबै नेपालीले साहस र एकताका सात विपदको सामना गरेको उहाँले बताउँनु भयो ।
यसैविच प्रधानन्त्रि कोईरालाले पनि दिवसको अवसरमा शुभकामाना सन्देशजारी गर्नु भएको छ । सन्देशमा सम्पुर्ण दलहरुको सहयोगमा पुर्न निमार्ण र लोकतान्त्रिक संविधानको लेखन सँग सँगै हुने बताउँनु भएको छ ।