रामेछाप जिल्लामा हालसम्म ५४ हजार थान त्रिपाल वितरण

जेठ १४,रामेछाप – रामेछाप जिल्लामा हालसम्म ५४ हजार थान त्रिपाल वितरण भएको छ । जिल्ला दैवी प्रकोप उद्धार समितिका अनुसार भुकम्प गएको एक महिनाको अवधिमा जिल्ला दैवी प्रकोप उद्धार समितिबाट प्रारम्भिक चरणका राहत सामाग्री पीडित सम्म पु¥याइ दोश्रो चरणको कामको प्रक्रिया समेत थालनी भएको छ ।

समितिमा हालसम्म ३० हजार ५ सय थान त्रिपाल, १ हजार ९४ थान टेन्ट, ४ हजार ३ सय ७५ वोरा चामल, १५ हजार २ सय ७७ थान कम्वल लगायतका अन्य थुप्रै राहत सामाग्री प्राप्त भएका छन् । जसमध्ये ३० हजार ५ सय थान त्रिपाल, २ सय २४ थान टेन्ट, ३ हजार ६ सय १२ बोरा चामल, ४ हजार ९ सय थान कम्बल लगायतका सामाग्रीहरु वितरण गरिसकेको जिल्ला दैवी प्रकोप उद्धार समितिले जनाएको छ ।