सुमार्गीको मन तल्लो स्थरको कर्मचारीमा, जागिरबाट निकालिए रेडियो प्राबिधिक

जेठ १४,काठमाडौं – नेपालका नव अरबपति अजय सुमार्गीले भर्खरै मात्र शुरु गरेका थाहा संसार  मिडियामा कामगर्ने एक तल्लो स्थरका कर्मचारी बिना कारण निकलिएका छन् । शारिरिक रुपमा अपाङ्ग रहेका अनिल अधिकारीलाई रेडियो थाहा संचारबाट निकलिएको हो । रेडियो मैत्री हुदा देखि नै प्राबिधिक रुप काम गर्दै आएक अधिकारी अपाङ्ग र गरिब भएकै कारण निकालिएका छन्  ।

दाङबाट जागिर जागिर कै सिलसिलामा  काठमाडौँ छिरेका अनिल धेरै रेडियो चाहारदै रेडियो मैत्रीमा पुगेका थिए । रेडियो मैत्री हुदाका स्टेशन म्यानेजर बिष्णु सापकोटाले त्यहाँ जागिर दिलादिएका थिए र अहिलेका स्टेशन म्यानेजर पबनले राख्नै  नमानेको बिस्वसत श्रोतले बताएको छ । रेडियो सर्दा खेरि खान नखाई, काममा खटेकोमा दुख लागेको अधिकारीको  भनाइ छ ।

हिजो अर्थात जेठ १३ गते सामाजिक संजाल फेसबूकमा स्टाटस गर्दै अधिकारीले दुखेसो पोखेका छन् । दांङबाट सिप सिकेर रेडियो प्राबिधिकको जागिर सुरु गरेका अधिकारी कान्छी आमा संग हुर्केका हुन् । बुवा कामको सिलसिला विदेश भएका बेला आमाले सानैमा छोडेर अर्कै संग गएपछि बुवाले अर्की आमा भित्र्याएका थिए । अर्की आमा पनि  अर्कै संग  गएपछि काकी आमा  संग हुर्केका हुन् । उनका बुवा अहिले पनि  विदेश मै छन्, जसो तसो गुजारा चलाई रहेका उनि अब घरको न घाटको भएका छन । अधिकारीलाई रेडियोले मासिक आठ हजार पाच सय रुपया उपलब्ध गराउदै आएको थियो । अरबौको चलखेल गर्ने सुमार्गीको मिडियाले  एउटा शारिरिक रुपमा अपाङ्ग कर्मचारीलाई यसरी  निकाल्नु  लाजमर्दो कुरो होइन र ?