पोखरा–जोमसोममा उडान शुरु

जेठ १२,काठमाडौं – निजी क्षेत्रको आन्तरिक वायुसेवा कम्पनी गोमा एयरले नयाँ जहाजबाट पोखरा–जोमसोममा उडान शुरु गरेको छ । गोमाले गत असोजमा भित्र्याएको नयाँ जहाजबाट आजदेखि पोखरा–जोमसोम उडान शुरु गरेको हो । बिहान केहि आन्तरिक पर्यटक जोमसोम पु¥याएर गोमाको जहाज पोखरा फर्किसकेको पोखरा विमानस्थलले जनाएको छ ।

झण्डै ६० करोड मुल्य परेको नयाँL E T 410 / U v  p I 20 मोडलको १९ सिटे जहाजबाट पोखरा–जोमसोम रुटमा उडान शुरु भएको गोमा एयरका प्रबन्ध निर्देशक मनोज कार्कीले जानकारी दिनुभयो ।
उहाँका अनुसार अहिले यो रुटमा दैनिक २ उडान हुनेछन् । अन्नपूर्ण र हिमालपारीको जिल्ला मुस्ताङ्ग घुम्न जाने पर्यटकहरुलाई लक्षित गर्दै सेवा शुरु गरेको गोमा एयरले जनाएको छ । चेक रिपब्लिकबाट ल्याइएको जहाजले यसअघि पोखरा–जोमजोम रुटमा सफल परिक्षण उडान गरिसकेको छ । गोमा एयरले यसअघि पूर्वको पहाडी क्षेत्रलाई लक्षित गरी सोहि मोडलकोे नयाँ जहाजबाट सेवा संचालन समेत गरेको थियो ।