विनाशकारी भुकम्प गएको आज एक महिना पुरा

जेठ १२,काठमाडौं -विनशकारी भुकम्प गएको आज एक महिना पुरा भएको छ । ठिक एक महिने अघि गत बैशाख १२ गते गोर्खा बारपाक केन्द्रबिन्दू बनाएर सात दशमलव ८ म्याग्नेच्यूडको भूकम्प गएको थियो ।

बैशाख १२ को ठुलो भुकम्प पछि पराकम्पन्न जाने क्रम भने अझै रोकीएको छैन । हिजो पनि ८ वटा पराकम्पन्नहरु गएको भुकम्प मापन केन्द्रले जनाएको छ । महाभुकम्प र त्यसपछिका लगातारका पराकम्पन्ले ठुलो धन जनको क्षेति भएको छ भने सर्वसाधारणमा अझै त्रास घटेको छैन । गृह मन्त्रालयको पछिल्लो तथ्यांक अनुसार अहिलेसम्म आठ हजार ६ सय ६३ जनाको मृत्यु पुष्टि भैसकेको छ भने करिब २२ हजार मानिस घाइते भएका छन् । अझै कयौ वेपत्ता रहेका छन् । पूर्ण र आशिंक गरी झण्डै आठ लाख घर ध्वस्त भएको छ ।
विविभन्न स्थानमा पिडितहरुले अझै राहात पाउँन सकेका छैन्न भने विद्यालय लगायत विभिन्न संघ सस्था सम्म खुल्न नसकेका छन् । भुकम्प गएको एक महिना बिते पनि सरकारी तवरबाट राहत तथा पुनस्थापनाका काम प्रभावकारी रुपमा हुन नसकेको पिडितहरुको गुनासो रहेको छ ।