आइपिएल बिजेता मुम्बईले पायो १५ करोड भारतिय रुपैयाँ

जेठ ११, काठमाडौँ – आइतबार राती भएको इंडियन प्रिमियर लिग आइपिएल फाइनल खेलमा चेन्नई सुपर किंग्सलाई पराजित गर्दै मुम्बईले दोश्रो पटक उपाधी हात पारेको छ । कोलकताको इडन गार्डेनमा भएको फाइनल खेलमा मुम्बईले ४१ रनको सहज जित हात पारेको हो ।

मुम्बईले दिएको २ सय ३ रनको विजयी लक्ष्य पछ्याएको चेन्नइले निर्धारीत २० ओभरमा ८ विकेट गुमाएर मात्र १ सय ६१ रन बनायो । चेन्नइका लागि डोयन स्मिथथले ५७, सुरेश रैनाले २८ र मोहीत शर्माले २१ रन बनाउन बाहेक अन्य कुनै ब्याट्सम्यानले उल्लेख्य पदर्शन गर्न सकेनन् । मुम्बईको जितमा मिचेल म्यागघलनले ३ तथा लासिथ मालिङ्गा र हरभजन सिंहले समान २ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले लेण्डन सिमन्स र कप्तान रोहित शर्माको उत्कृष्ट ब्याटिङको सहयोगमा २ सय २ रनको विसाल योगफल तयार पारेको थियो । मुम्बईका लागि लेण्डन सिमन्सले ६८, रोहित शर्माले ५० तथा किरन पोलार्ड र अम्बति राइडुले समान ३६ रन बनाएका थिए । चेन्नईका डोयन ब्राभोले २ विकेट लिए ।

प्रतियोगिताको समुह चरणमा शीर्ष स्थानमा रहँदै प्लेअफ खेलेको चेन्नई प्ले अफको पहिलो खेलमा पनि मुम्बईसँग पराजित भएको थियो ।

यो संगै उपाधि जितेको मुम्बईले १५ करोड भारतिय रुपैयाँ प्राप्त गरेको छ भने दोस्रो स्थानमा चित्त बुझाएको चेन्नईले १० करोड भारतिय रुपैयाँ प्राप्त गरेको छ । त्येस्तै तेस्रो र चौथोस्थान प्राप्त गरेको बेंगलोर र राजस्थानले समान ७ करोड ५० लाख भारतिय रुपैयाँ प्राप्त गरेको छ ।

प्रतियोगितामा २६ विकेट लिएको चेन्नईका डोयन ब्राभोले पर्पल क्याप र ४ सय ६२ रन बनाएका हैदरावादका डेविड वार्नरले ओरेन्ज क्याप प्राप्त गरे । ८ टोलीको सहभागिता रहेको प्रतियोगिता झण्डै २ महिना चलेको थियो ।