चेन्नईलाई हराउँदै मुम्बई बन्यो आईपीएल च्याम्पियन

जेठ ११, काठमाडौँ – इण्डियन प्रिमियर लिग आईपीएलको यस वर्षको उपाधी मुम्बई इण्डियन्सले कब्जा गरेको छ । कोलकत्ताको इडेन गार्डनमा खेलिएको फाइनल भिडन्तमा चेन्नई सुपर किङ्ग्सलाई ४१ रनले पराजित गर्दै मुम्बई उपाधी हासिल गर्न सफल भएको हो ।

चेन्नईले टस जितेर मुम्बईलाई ब्याटिङको निम्तो दिएको थियो । मुम्बईले २० ओभरमा ५ विकेट गुमाएर २०२ रन बनायो । उसको सुरुवात भने खराव थियो । ओपनर पार्थिव पटेल खाता नै नखोली आउट भएकाथिए ।
तर, कप्तान रोहित शर्मा र लेन्डल सिमोन्सले पारी सम्हाल्दै ११९ रनको साझेदारी गरेका थिए । जवाफमा चेन्नईले भने २० ओभरमा ८ विकेट गुमाएर १६१ रन मात्र जोड्न सक्यो । उसको सुरुवात खराव रह्यो । २२ रन हुँदा पहिलो विकेका रुपमा माइक हसी व्यक्रिगत चार रनमा आउट भए ।