इराकी सेनासँग आइएसविरुद्ध लड्ने इच्छाशक्ति छैन – अमेरिका

जेठ ११, काठमाडौँ – अमरिकी रक्षामन्त्री एस्टन कार्टरले रमादी सहरमा इराकी सुरक्षा बलको हारले उनीहरुमा ‘इस्लामिक स्टेट’सँग लड्ने इच्छाशक्ति नरहेको पुष्टि भएको टिप्पणी गरेकोमा इराकले आपत्ति जनाएको छ । इराकको ‘डिफेन्स एन्ड सिक्योरिटी कमिटी’का प्रमुखले कार्टरको यस भनाइ अवास्तविक र निराधार रहेको भन्दै खन्डन गरेका हुन् ।

अमेरिकी टेलिभिजन सीएनएनलाई दिएको एक अन्तर्वार्तामा अमेरिकी रक्षामन्त्री कार्टरले इराकी सुरक्षा बलसँग यथेस्ट संख्या हुँदाहुँदै पनि लड्ने इच्छा नदेखाएको जस्तो पाइएको टिप्पणी गरेका थिए । अवस्था चिन्ताजनक रहेको भन्दै कार्टरले अमेरिकाले प्रशिक्षण र उपकरण दिएपनि युद्ध लड्ने इच्छाशक्ति भने इराकीबाटै आउनुपर्ने बताएकाथिए ।