राहत संकलन गरी धादिङका नागरिकहरुलाई प्रदान

जेठ ११, काठमाडौँ – नुवाकोटको जिलिङ गाविसका सक्रिय युवाहरुले राहत संकलन गरी धादिङको खाल्टे गाविसका भूकम्प पीडितलाई प्रदान गरेका छन् ।

स्थानीय शम्भु गजुरेलको सक्रियतामा नलगाउँ सामाजिक युवा क्लवले धादिङको खाल्टे गाविसको जोगीडाडाँमा चामल,आलु, भुजियालगायतका खाद्यान्न प्रदान गरेको हो । भुकम्पबाट आफैं प्रभावित नलगाउँका स्थानीयबासीले ५० बोरा चामल, ५० बोरा आलु र ५० बोरा भुजिया संकलन गरी धादिङको विकट गाविसमा लगेर प्रदान गरेका हुन् ।