भुकम्प पछिको पराकम्पन विस्तारै कम हुँदै

जेठ ११, काठमाडौँ – महाभुकम्प पछिको पराकम्पन विस्तारै कम हुँदै गएपनि आउने क्रम भने जारी छ । गएराती २ पटक पराकम्पनहरु आएको राष्ट्रिय भुकम्प मापन केन्द्रले जनाएको छ । केन्द्रका अनुसार गएराती ११ बजेर १५ मिनेटमा दोल्खा केन्द्रबिन्दु भएर ४ं५ र विहान ३ बजेर २३ मिनेटमा गोर्खा केन्द्र बिन्दु भएर ५ रेक्टरस्केलको भुकम्प गएको छ । यसअघि हिजो चार रेक्टर स्केलमाथिका ४ वटा पराकम्पन गएकोे थियो । ठूलो भूकम्पपछि साना पराकम्पहरु केही समय आइरहने भए पनि त्यसले क्षति नगर्ने भएकाले नआत्तिन केन्द्रले आग्रह गर्दै आएको छ ।