सर्वोच्चका पूर्व न्यायाधीश भरतराज उप्रेतीद्वारा आत्महत्या

जेठ ११, काठमाडौँ – सर्वोच्च अदालतका पूर्व न्यायाधीश भरतराज उप्रेतीले आत्महत्या गर्नुभएको छ । उप्रेतीले रातोपुलस्थित आफ्नै घरमा बिहान ३ बजेतिर डोरीको पासो लगाएर आत्महत्या गरेको अवस्थामा फेला परेको परिवारले जनाएको छ ।

प्रहरीका अनुसार तीन तले घरको दोस्रो तलाको सिलिङ फ्यानमा नाइलनको डोरीको पोसो लगाएर उप्रेतीले आत्महत्या गर्नुभएको हो । उपे्रेतीले आत्महत्या गरेको स्थानमा सुसाइड नोट फेला परेको प्रहरीले जनाएको छ । सुसाइड नोटमा आफ्नो अन्त्येष्टि नगर्न र शव शिक्षण अस्पतालको प्रयोगशालामा दान गर्न आग्रह गरिएको छ । सुसाइड नोटमा उप्रेतीले आत्महत्या गरेको नभई इच्छामरण भएको उल्लेख गर्दै काजक्रियाको खर्च भुकम्प पिडीतलाई सहयोग गर्न प्रधानमन्त्री राहत कोषमा हस्तान्तरण गर्न आग्रहगर्नुभएको छ ।उहाँले आत्म हत्या गर्नुभएको कोठामा एउटा झोलामापाँच लाख रुपैयाँ नगदै रहेको पनि प्रहरीले जनाएको छ । उप्रेतीले यसअघि नै आफ्नो शरीर दान गरिसक्नु भएको थियो ।

उप्रेती एकवर्ष अघि सर्वोच्च अदालतको अस्थाई न्यायधीशबाट अवकाश पाउनुभएको थियो । उहाँका पत्नी, दुई छोरा र एक छोरी छन् ।