थुनिएको कालिगण्डकीको पानी सामन्य अवस्थामा बग्यो , त्रास समाप्त

जेठ ११, काठमाडौँ – म्याग्दीको राम्चे गाविस ९ काफलडाँडाको पहाड खस्दा कालिगण्डकी नदी थुनिएर बनेको जलासय भरिएर साबिक कै मार्गबाट पानी बगेपछि तटीय क्षेत्रमा बढेको त्रास हटेको छ । शनिबार राती २ बजेबाट थुनिएको नदी १५ घण्टापछि कृतिम बाँध भरिएर पानी बग्न शुरु भएको थियो । झण्डै १५० मिटर अग्लो ड्यामबाट पानी ओभर ल्फो भएर बग्न थालेपछि बाढीको रुपमा जम्मा भएका सबै पानी बगेको म्याग्दी प्रशासनले जनाएको छ । नदी थुनिदा करिब २ किलोमिटर लामो जलासय बनेको थियो ।

नदी खुलेपछि साबिकको भन्दा २ मिटर अग्लो सम्म पानी बगेको थियो । बाढीकाकारण नदी किनाराका बजार र बस्तीमा पानीले छुएपनि कुनै क्षेति भने नभएको जनाइएको छ । नदी थुनिएपछि म्याग्दी लगायत तटीय क्षेत्रका सात जिल्लाका बस्तीहरुलाई सतर्ककता रहन प्रशासनले भनेको थियो ।
। म्याग्दीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीका अनुसार तत्कालका लागि कालीगण्डकीको नदीको त्रास छैन । पहिरो र त्यसपछि बनेको तलाउका कारण बेनी जोमसोम सडकमा करिब डेढ किलोमिटर क्षति गरेको छ । सडक अवरुद्ध छ । पहिरोले घर पुरीएपछि बैसरी र राम्चे ९ का बासिन्दाहरु केही माथि रहेको रिसिन चौतारीका आफन्तकहाँ आश्रय लिएर बसेका छन् ।
शनिबार राती २ बजे काफलडाँडाबाट खसेको सुख्खा पहिरोले भगवती –२ बैसेरी र राम्चे –९ फेदीका २६ घर पूर्ण रुपमा पुरिएको थियो । सो बस्तीका १२३ जनलाई भने एकदिन अघि नै सुरक्ष्इिात स्थानमा सारिएको थियो ।
पहिरोस्थलमाअहिले पनि स साना पहिरो जाने क्रम जारी नै रहेको छ । आज सो क्षेत्रमा भुगर्भविदहरु र सुरक्षाकर्मी पुगेर अवलोकन गरिने म्याग्दी प्रशासनले जनाएको छ ।

बैशाख १२ को शक्तिशाली भुकम्प र लगातारका पराकम्पनहरुका कारण धाँजा परेको पहाड फुटेर पहिरो गएको थियो । भुकम्पकाकारण देशका अन्य भागहरुमा समेत यस्ता धाँजा फाटेकोले पहिराोको जोखिम रहेको भुगर्भविदहरुले जनाइएको छ।