नदी थुनिएपछि म्याग्दी सदरमुकाम बेनीबजार आसपासका मानिसहरु आतंकित

जेष्ठ १०, काठमाडौँ – गएराती गएको ठूलो पहिरोले म्याग्दी सदरमुकाम बेनीबजारदेखि उत्तरतर्फबाट बगेको कालीगण्डकी नदी थुनिएको छ ।

नदी थुनिएपछि म्याग्दी सदरमुकाम बेनीबजार आसपासका मानिसहरु आतंकित बनेर सुरक्षित स्थानको खोजीमा छन् । पहिरोले करिब ९५ प्रतिशत पानी थुनिएको छ । म्याग्दीको राम्चे गाउँ विकास समिति वडा नम्बर ९ बैसरीमा माथिबाट आएको पहिरोले नदी थुनिएको हो । पहिरोका कारण भगवती गाउँ विकास समिति वडा नम्बर दुईको बस्ती पुरिएको म्याग्दी प्रहरीले जनाएको छ ।
म्याग्दी, बाग्लुङ, पर्वत, स्याङजा, पाल्पा र नवलपरासी बासिन्दालाई सतर्क रहन विभागले आग्रह गरेको हो । जलेश्वरमा रहेका २६ ओटा घर नदि बढेर पुरिएको जनाइएको छ ।