व्यवस्थापिका संसदको बैठक आज पनि बस्दै

जेष्ठ १०, काठमाडौँ – व्यवस्थापिका संसदको राष्ट्रिय विपद व्यवस्थापन अनुगमन तथा निर्देशन विषेश समिती अन्र्तगतको उपसमितीले पेस गरेको प्रतिवेदन माथि आजबाट छलफल सुरु हुँदै छ । उपसमिती सदस्यहरुले भुकम्प प्रभावित जिल्लामा गएर तयार पारेको प्रतिवेदन हिजो बुझाई सकेकाले आजबाट छलफल सुरु हुने भएको हो । भुकम्पबाट अति प्रभावित १४ जिल्लाको विभिन्न स्थानमा गएर स्थलगत अनुगमन गर्दा समिती सदस्यले सुगम क्षेत्रमा मात्र राहात पुगेको दुर्गम क्षेत्रमा पुग्न नसकेको बताएका छन्।

दुर्गम जिल्लामा मा नभएर राजधानी नजिकका दुर्गम मानिने स्थानमा सेमत राहत पुग्न नसकेको उनिहरुले बताएका छन् ।
सभासदहरुले जिल्लामा सरकारी निकाय र राज्यका अन्यका संयन्त्र विच सम्वनयन नभएको कारण पनि राहात तथा पुर्नबासका लागी समस्या उत्पन हुन पुगेको बताएका छन् ।