सेयर बजार आजबाट खुल्दै

जेष्ठ १०, काठमाडौँ – लामो समय देखि बन्द रहेको सेयर बाजर आजबाट खुल्दै छ । बैशाख १२ गतेगएको भुकम्प र त्यस पछिका पराकम्पले सिडिएससीको भवनमा क्षति पुगे पछि बन्द रहेको सेयर कारोबार आजबाट सञ्चालन हुने भएको हो ।

बैशाख १० गते देखि बन्द भएको नेप्से कारोबार पनि आजबाट खुल्ने भएको छ । स्टोक एकस्चेन्ज कार्यालयकै भवनमा सीडिएससी लिमिटेडको कारोबार थालिने भएको हो । भुकम्पका कारण करिब १० खर्ब पुजि बजार सञ्चालनमा आउँन नसकिरहेको थियो । सेयर बजार सञ्चालनकालागी लगानि कर्ता संघसंस्थाहरु तयार भएको जनाइएको छ ।