भुकम्प पिडितका लागी विभिन्न स्थानमा आज निशुल्क स्वास्थ सिविर सञ्चालन

जेष्ठ ९, काठमाडौँ – भुकम्प पिडितका लागी विभिन्न स्थानमा आज निशुल्क स्वास्थ सिविर सञ्चालन हुने भएको छ । त्रिवि शिक्षण अस्पताल, नानीबाबा शर्मा स्मृती शिक्षा तथा स्वास्थ्य प्रतिष्ठान र थ्रिस्टार क्लबले निशुल्क स्वास्थ्य सिविर सञ्चालन गर्ने भएका हुन ।

आज खोकन, कार्यविनायक, ललितपुरको रुद्रायनि विद्यालय परिषरमा हुने भएको छ। उक्त सिवीरमा शिक्षण अस्पतालका वरिष्ठ चिकित्सक तथा स्वास्थ कर्मीको २५ जनाको टोलीलेसेवा प्रदान गर्ने भएका छन् ।