महाभूकम्प र त्यसपछिका पराकम्पनमा परी अझै ३ सयभन्दा बढी वेपत्ता

जेष्ठ ९, काठमाडौँ – बैशाख १२ गतेको महाभूकम्प र त्यसपछिका पराकम्पनमा परी अझै ३ सयभन्दा बढी वेपत्ता भएका छन । दुईसय ४० नेपाली र ८९ जना विदेशी बेपत्ता रहेको प्रहरीले जनाएको छ । प्रहरीले दिएको तथ्याङक अनुसार भूकम्पमा परी आठ हजार ६३६ जनाको मृत्यु भएको तथा २१ हजार ८४५ जना घाइते भएका छन् ।जसमा ४ हजार ७५२ महिला र ३ हजार ८७० जना पुरुषको रहेका छन् ।