जनजिवन सामान्य बन्न थालेपनि पराकम्पन जाने क्रम अझै जारी

जेष्ठ ९, काठमाडौँ – महाभुकम्प पछिको पराकम्पन विस्तारै कम भएसँगै राजधानी लगायतका जनजिवन सामान्य बन्न थालेपनि पराकम्पन जाने क्रम अझै जारी रहेको छ ।

बैशाख १२ गते बिहान गएको ७ दशमलव ८ रेक्टर स्केलको भूकम्पपछि मध्यमाञ्चलमा त्यसका पराकम्पन निरन्तर गइरहेका बेला हुम्लामा पनि भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । हिजो बेलुकी ७ बजेर ७ मिनेटमा हुम्ला केन्द्रविन्दु भएर ४ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएको थियो ।
हुम्लामा भूकम्प गएपनि मध्यमाञ्चलमा भने भूकम्पका पराकम्पन गइरहेका छन् । हिजो मात्रै ४ रेक्टरमाथिका र ५ रेक्टर स्केल मुनिमा ५ वटा पराकम्पन गएका छन् ।
यसबाहेक ४ रेक्टर स्केलभन्दा कमका पराकम्प अझै आइरहेकाले सचेत हुन केन्द्रका प्रमुख लोकविजय अधिकारीले आग्रह गर्नुभयो । ठूलो भूकम्पपछि सना पराकम्पन आउनु सामान्य भएको उहाँको भनाई छ ।