पर्यटन मन्त्री शेर्पाद्वारा सपथ ग्रहण

जेठ ८,काठमाडौं – राष्ट्रपति डा रामवरण यादवको उपस्थितिमा प्रधानमन्त्री सुशील कोइरालाले नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री कृपासुर शेर्पालाई आज अपराह्न राष्ट्रपति भवनमा पद तथा गोपनीयताको शपथ गराउनुभयो ।

आजै प्रधानमन्त्री कोइरालाले नेकपा (एमाले) को सिफारिसमा सभासद् शेर्पालाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीमा नियुक्त गर्नुभएको हो । शपथ ग्रहण समारोहमा उपराष्ट्रपति परमानन्द झा, उपप्रधानमन्त्री एवम् गृहमन्त्री वामदेव गौतमको उपस्थिति थियो ।