प्लस टुको परीक्षा सर्दैन

जेष्ठ ९, काठमाडौँ – परिषद् केही समूहले दबाब दिए पनि उच्च माध्यमिक शिक्षा परिषद्ले कक्षा ११ र १२ को परीक्षा नसार्ने जनाएको छ । परीक्षा नियन्त्रक सन्तोष अर्यालले २० जेठबाटै परीक्षा सञ्चालन हुने बताए ।

‘परीक्षा सारेर सम्भव नै छैन,’ उनले भने, ‘अब पनि सार्न खोजिए शैक्षिक वर्ष नै जान्छ, बढी समस्या रहेका सात जिल्लामा परीक्षाको सूचना सार्वजनिक गरिएको छैन ।’ काठमाडौं उपत्यकाको समेत केही दिनमा परीक्षा केन्द्र सार्वजनिक गर्ने अर्यालले बताए ।