बिद्रोही समूह इस्लामिक स्टेटले सिरियाको पल्मारा शहर नियन्त्रणमा

जेठ ७, काठमाडौँ – बिद्रोही समूह इस्लामिक स्टेटले सिरियाको पल्मारा शहर नियन्त्रणमा लिएको छ । सिरियाको सरकारी टेलिभिजनका अनुसार त्यहाँ रहेका सरकारी सुरक्षाकर्मीलाई हटाइएको छ भने धेरै स्थानियबासिन्दा पनि शहरबाट बाहिरिएका छन् । त्यहाँको सञ्चार माध्यमका अनुसार बिद्रोही समूह आईएस पल्मारा शहरको ऐतिहासिक स्थलमा प्रवेश गर्न प्रयासरत छ ।

पल्मारा एक प्राचीन शहर हो । यो शहर यूनेस्कोको विश्व सम्पदा सूचीमा परेको छ । सिरियाका गृहमन्त्रीले प्राचीन र साँस्कृतिक महत्व बोकेको यो शहर विद्रोहीबाट जोगाउन सक्दो कोशिस गरिरहेको बताएका छन् । त्यहाँ रहेको बहुमूल्य प्राचीन कलाकृति सुरक्षित ठाउँमा सारिएको विविसीले जनाएको छ ।