बीमा कम्‍पनी संकटमा,पुँजी बढाउन दबाब

जेठ ७, काठमाडौँ –भूकम्पका कारण ठूलो धनजन क्षति भएपछि तिनुपर्ने दायित्वले आगामी दिनमा बिमा कम्पनीलाई पुँजी बढाउन दबाब परेको छ। भूकम्पको कारण निर्जीवन बिमा कम्पनीलाई २० अर्ब रुपैयाँ दायित्व थपिएको छ।

यो रकम ७० प्रतिशत पुनर्बिमा कम्पनीबाट र ३० प्रतिशत बिमा कम्पनीले आफ्नो स्रोतबाट तिनुपर्छ। यस आधारमा बीमा कम्पनीले ६ अर्ब रुपैयाँ आफ्नो स्रोतबाट तिर्नुपर्छ।

बिमा समितिका अध्यक्ष डा। फत्तबहादुर केसीले बिमा कम्पनीले आगामी दिनमा पुँजी बढाउनुपर्ने अवस्था भूक पका कारण सिर्जना भएको बताए। भूकम्पले गर्दा भविष्यमा बिमा गर्ने जनसंख्या अझै बढ्ने देखिन्छु, उनले भने, यसले अहिलेको पूँजीले बिमा कम्पनी आगामी दिनमा सञ्चालन हुन नसक्ने देखिन्छ।

बिमा समितिका अनुसार भुक पपछि नेपालका १७ वटा बिमा कम्पनीमा १२ हजारभन्दा बढीले २० अर्बको दाबी गरेका छन। यो सबै दाबी निर्जिवन क पनीमा परेका हुन। भूक पका कारण गुमाएका ८ हजारभन्दा बढीमध्ये अहिलेस म साह्रै कमले मात्र जीवन बिमा दाबी गरेका छन।

सञ्चालनमा रहेका निर्जीवन बिमा कम्पनीको पुँजी साढे चार अर्ब हाराहारीमा छ भने निर्जीवन बिमा कम्पनीको कोषमा साढे चार अर्ब जति रकम छ। अहिले परेको दाबी भुक्तानीको आधारमा ६ अर्ब रुपैयाँ बिमा कम्पनीले आन्तरिक स्रोतबाट तिनुपर्छु, बिमा समितिका अध्यक्ष केसीले भने, पुँजी र कोष रकम गर्दा निर्जीवन बिमा कमम्पनीसँग करिब नौ अर्ब रुपैयाँ छ।

यस आधारले पनि आगामी दिनमा बिमा कम्पनीले पुँजी वृद्धि गनुपर्ने देखिन्छ। बिमा कपनीको कोषले मात्र बिमा दाबी रकम भुक्तानी गर्न स भव छैन जसले गर्दा पूँजीमै असर पर्छ।बिमा समितिका अनुसार १२ हजार दाबीमध्ये अहिलेसम्म सबैभन्दा बढी दाबी सगरमाथा इन्सुरेन्समा परेको छ भने सबैभन्दा कम दाबी एभरेस्ट इन्सुरेन्समा छ। समितिले गरेको कारबाहीका कारण एनबी इन्सुरेन्समाथि भने कुनै पनि दाबी छैन।

अहिलेको व्यवस्थाअनुसार निर्जीवन बिमा कम्पनीको चुक्ता पुँजी २५ करोड र जीवन बिमा कम्पनीको चुक्ता पुँजी ५० करोड रूपैयाँ छ। भूकम्पले बिमा क्षेत्रका नियामक निकायलाई पूँजीका विषयमा पाठ सिकाएको अध्यक्ष केसीले बताए।

अहिलेसम्म हामीले जीवन र निर्जीवन बिमा कम्पनीलाई पुँजीको आधारले फरक दृष्टिकोण बनाएका थियौु, केसीले भने, यसरी आउने विपत्ती हेर्दा निर्जीवन बिमा कम्पनीको पुँजी जीवन बिमा कम्पनीको भन्दापनि बढी हुनुपर्ने देखियो।बिमा कम्पनीका अधिकारी भने पुँजी बढाउनुपर्ने मान्न भने तयार छैनन्। युनाइटेड इन्सुरेन्सका महाप्रबन्धक शेखर बराल अहिलेको अवस्थामा पुँजी वृद्धि गनुपर्ने नदेखिएको बताउँछन्।

ुव्यवसायको आधारमा जोखिम बढ्दै गयो भने पुँजी बढ्दै जान्छु, उनले भने, तत्काल त्यो सम्भावना छैन। ठूलो भूकम्प गएपछिको ठूलो क्षति थेग्न बिमा कम्पनीहरूले सफल भएका छन्।भूकम्पको कारण तिनुपर्ने क्षतीले नेपाली बिमा कम्पनीमा असर देखिएपनि पुर्नबिमा कम्पनीलाई भने खासै असर नपर्ने देखिएको छ। यसअघि जापानमा आएको सुनामीको कारण विश्वमा नाम चलेका पुनर्बिमा कम्पनी पनि संकट परेका थिए।

नेपालमा कुल जनसंख्याको १० प्रतिशतले मात्र बिमा गराएको कारण पुर्नबिमा कम्पनीहरु जोखिममा नपरेका हुन्। बिमा कम्पनीले आफ्नो क्षती न्यूनिकरणको लागि पुर्नबिमा गराउँछन।बिमा कम्पनीका अधिकारीले क्षति थेग्न सक्ने बताए पनि क्षतिग्रस्त भएका घर र दाबीको संख्या हेर्दा १० प्रतिशत संरचनामा मात्र बिमा भएको देखिन्छ। सहरी क्षेत्र र बैंकको ऋण लिएका संरचनाको मात्र बिमा भएको थियो।

लाभांश बाड्न रोक
काठमाडौंस् बिमा समितिले बिमा कम्पनीलाई तत्काल नगद लाभांश बाँड्न रोक लगाएको छ। भूकम्पका कारण बिमा कम्पनीले तिनुपर्ने दायित्वको विवरण अझै प्रष्ट नभएको भन्दै बिमा कम्पनीलाई नगद लाभांश बाड्न रोक लगाइएको हो। तत्कालका लागि लाभांश बाड्न रोक लगाए पनि समिति आगामी दिनमा नगद लाभांशको विषयमा कडा बन्ने संकेत देखिएको छ।

बिमा समितिका निर्देशक राजुरमण पौडेलले बिमा कम्पनीमा दायित्व भुक्तानीका लागि चाहिने तरलता प्रष्ट नभएको कारण लाभांश बाड्न रोक लगाइएको जानकारी दिए।यस्तै समितिले बिमा कम्पनीले पुरानै दरमा बिमा गराउन बिमा कम्पनीलाई निर्देशन दिएको छ। भूकम्प गएपछि बिमा क म्पनीहरुले बिमा शुल्कमा आफुखुसी बृद्धि गरेको हुनाले समितिले यसो नगर्न निर्देशन जारी गरेको हो।

आजको अन्नपुर्ण पोस्ट दैनिक बाट