इण्डियन प्रिमियर लिग आइपिएल क्रिकेटमा राजस्थान रोयल्स बाहिरियो

जेठ ७, काठमाडौँ – इण्डियन प्रिमियर लिग आइपिएल क्रिकेटमा राजस्थान रोयल्स बाहिरिएको छ । बुधबार राती भएको खेलमा रोयल च्यालेन्जर्स बैंग्लोरले राजस्थानलाई ७१ रनले हरायो । हारसँगै राजस्थान प्रतियोगिताबाट बाहिरिएको हो ।

जितसँगै बैंग्लोरले फाइनल प्रवेशको सम्भावना बलियो बनाएको छ । शुक्रबार चेन्नइ सुपर किंग्ससँगको खेलमा जित निकाल्न सके बैंग्लोर फाइनलमा पुग्नेछ । बैंग्लोरका एवी डिबिलियर्स र मानदीप सिंहले ११३ रनको साझेदारी गरे ।
खेलमा टस जितेर पहिले व्याटिङ गरेको बैंग्लोरले निर्धा्रित २० ओभरमा ४ विकेट गुमाएर १८० रन बनाएको थियो भने १८१ रनको लक्ष्य पाएको राजस्थान १९ औभरमा १०९ बनाएर अल आउटभयो ।