भूकम्प जादाँ किन हलिन्छ जमिन ?

जेठ ७, काठमाडौँ –भूकम्प मापन केन्द्रले विनाशकारी भूकम्प आएको एक महिना बित्न लागिसक्दा पनि जमिन कसरी हल्लियो भन्ने तथ्यांक ९ग्राउन्ड मोसन डाटा० सार्वजनिक गरेको छैन । यो तथ्यांकको अभावमा कुन ठाउँको जमिन कसरी हल्लियो , डाँडाका घर किन भन्के र कुन–कुन ठाउँ भूकम्पीय जोखिममा छन् भन्ने अध्ययन हुन सकेको छैन ।

अन्य विकसित देशमा भूकम्प र त्यसका पराकम्प गएलगत्तै यस्ता तथ्यांक तत्काल वेबसाइटमै राखेर सार्वजनिक गर्ने गरिए पनि नेपालमा सार्वजनिक गर्ने चलन नभएकाले अनुसन्धानमा अप्ठेरो परेको भूगर्भविद् बताउँछन् । ‘डाँडाका घरहरु किन भत्किए भन्ने अहिले सबैको चासो छ,’ केन्द्रसँगै ग्राउन्ड मोसन डाटाका लागि ताकेता गरिरहेका एक विदेशी विश्वविद्यालयका प्राध्यापक एवं भूगर्भविद्ले आफ्नो नाम नछाप्न आग्रह गर्दै भने,‘डाटा नै नपाएर हामीले पूर्ण विश्लेषण गर्न पाएका छैनौं ।’

ती विज्ञका अनुसार त्यस्तो डाटा मोडलिङ गरेर वेभ ट्रान्सफर कति भयो भन्ने थाहा हुन्छ, जसका आधारमा माटो र चट्टान के कति दरले हल्लिएको भन्ने तथ्य थाहा लाग्छ । त्यसबाट कुन कुन बस्ती र क्षेत्र जोखिममा छन् भन्ने पनि थाहा हुन्छ । ‘भूकम्प आएपछि घरहरु कसरी हल्लाउँछ र घरहरु कसरी त्यसको जोखिममा पर्ने रहेछन् भन्ने थाहा लाग्छ,’ ती विदेशी विज्ञले भने ।

केन्द्रले तथ्यांक सार्वजनिक नगर्दा विभिँन्न देशका विभिन्न विज्ञले अनुमानका भरमा विश्लेषण गर्ने हुनाले सही जानकारी नआउने अमेरिकाको क्यालिफोर्निया स्टेट युनिभर्सिटीका सहप्राध्यापक एवं जियोटेक्निकल इन्जिनियर विनोद तिवारीले बताए ।

आजको अन्नपूर्ण पोष्ट दैनिक बाट