भूकम्पको पराकम्पन कम हुँदै गएपछि जनजीवन सामान्य बन्दै

जेठ ७, काठमाडौँ – भूकम्पको पराकम्पन  कम हुँदै गएपछि जनजीवन सामान्य बन्दै गएको छ । शनिबार ९ वटा पराकम्पन  गएकामा त्यो घट्दै गएपछि जनजीवन सामान्य बन्न थालेको हो । पराकम्प कम हुन थालेपछि बजार, पसल खुल्न थालेका छन् ।

हिजो पनि दुई वटा मात्र पराकम्पन गएको राष्टिय भूकम्प मापन केन्द्रले जनाएको छ । त्यसअघि आइतबार, सोमबार र मंगलबार तीन तीन वटा पराकम्पन गएकामा हिजो दुईवटा मात्र गएका हुन् । हिजो बिहान ११ बजेर १० मिनेटमा दोलखा केन्द्रविन्दु भएर ४ दशमलव २ रेक्र स्केलको र दिउँसो २ बजेर ५२ मिनेटमा काठमाण्डू, ललितपुर र मकवानपुर केन्द्रविन्दु भएर ४ दशमलव ४ रेक्टर स्केलको पराकम्प गएको थियो ।