आज २:४७ मा दोस्रो पराकम्पन

जेठ ६ , काठमाडौँ – बुधबार दिउसो २:४७ मा दोस्रो पराकम्पन महशुस भएको छ । काठमाडौँ, ललितपुर र मकवानपुरको सिमाना केन्द्रबिन्दु भएर ४.४ रेक्टर स्केलको परकम्पन महशुस गरिएको भूकम्प मापन केन्द्रले जनाएको छ ।

यस अघि बिहान ११:१० बजे पराकम्पन महशुस गरिएको थियो । ११ बजेर १० मिनेटमा दोलखा केन्द्रविन्दु भएर ४.२ रेक्टर स्केलको पराकम्पन गएको थियो । पराकम्पनको मात्रा र स्तर घट्दै गएकाले डराउनु नपर्ने बिज्ञहरुले बताएका छन् । साथै उनीहरुले सचेत रहन पनि अनुरोध गरेका छन् ।