भुकम्पको पराकम्पन्न कम हुँदै

जेठ ६, काठमाडौँ – भुकम्पको पराकम्पन जाने क्रम बिस्तारैकम हुँदै छ । चार दिनदेखि भूकम्पको पराकम्पन कम हुँदै गएको हो । भुकम्पको पराकम्पन्न कम भनए सँगै जनजिवन सामान्य बन्ैद गएको छ भने घर भएर पनि खुला ठाउँमा सुत्न गएकाहरु घर फर्कन थालेका छन् ।

सडक तथा बजारमा पनि चहलपहल बढेको छ । राष्टिय भूकम्प मापन केन्द्रका अनुसार हिजो तीनवटा मात्र पराकम्प गएको छ । बेलुकी पौने ५ बजे सिन्धुपाल्चोक केन्द्रबिन्दू भएको ४ दशमलव २ रेक्टर स्केलको पराकम्प गएपछि त्यसपछि ४ भन्दा माथिको पराकम्प गएको छैन ।

काठमाडौंमा राती सानो धक्का महसुस भएपनि त्यो चार रेक्टर स्केलको भन्दा कमको अर्थात ३ दशमलव ६ रेक्टरको मात्र रहेको केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिनुभयो । हिजो जस्तै आइतबार र सोमबार तीन तीन वटा पराकम्प गएका छन् ।

वैशाख १२ गते भूकम्प आएपछि अहिलेसम्म ४ रेक्टर स्केल माथिका २ सय ४८ वटा पराकम्प गएको छ । ४ रेक्टर भन्दा कमका पराकम्प गइरहेकाले सतर्क हुन तर नआत्तिन विज्ञको आग्रह छ । विज्ञहरुका अनुसार ५ रेक्टर स्केलसम्मका पराकम्पलाई साना मानिन्छ र यसले धेरै क्षति नगर्ने जनाइएको छ ।

यसैविच भूकम्पका कारण ८ हजार ६ सय १७ जनाको मृत्यु भएको छ । १६ हजार ८ सय ८ जना घाइते भएका छन् । झण्डै ६ लाख घरबास बिहीन भएका छन् । सिन्धुपाल्चोक, दोलखा, धादिङ, गोरखा, काठमाडौं, काभ्रेपलाञ्चोक लगायतका जिल्लामा धेरै क्षति भएको छ ।