चीनको स्वयत्त प्रदेशबाट सहयोग सामाग्री आज नेपाल आइपुग्ने

जेठ ६, काठमाडौँ – भुकम्प पिडितहरुका लागी चीनको स्वयत्त प्रदेशबाट सहयोग सामाग्री आज नेपाल आइपुग्ने भएको छ । तिब्तको लासाबाट सातदिन अघि हिडेको ३३ वटा ट्रक आज काठमाण्डौ आई पुग्ने भएको हो । उक्त ट्रक पछिलो भुकम्पले तिब्बतको लार्चेमा रोकिएको थियो । चिनिया सेनाका ति ट्रकमा ६० लाख चिनिया युआन अर्थात झन्डै १० करोड रुपयाँको सामाग्री रहेको लाहसा स्थीत महाबानिज्य दुत हरि बस्यालले जानकारी दिनुभयो । ट्रकमा ब्लाङकेट त्रिपाल चामल र तन्ना रहेको जनाईएकोछ । दुतावसले ५ ट्रक सामाग्री संकलन गरेको थियो भने अन्य सामाग्रि तिबत्त सरकारले दिएको सहयोग रहेको छ ।