उपत्यकामा डेराको हाहाकार

जेठ ५, काठमाडौँ – भूकम्पले राजधानीका धेरै घरमा क्षति पुर्याएपछि भाडामा कोठा पाउनै मुस्किल हुन थालेको छ । वैशाख १२ विनाशकारी भूकम्प र २९ गतेको शक्तिशाली पराकम्पले उपत्यकाका ३ जिल्लामा ७२ हजार ३८५ घरमा तत्काल बस्न नहुने गरी क्षति पुगेपछि व्यवस्थापनमा समस्या उत्पन्न भएको हो ।

गृह मन्त्रालयले भूकम्पपछिको अवस्थामा काठमाडौं, ललितपुर र भक्तपुरमा तत्काल भाडा बडाए कारबाही गर्ने चेतावनी दिएको छ तर कतिपयले भने यही मौकामा दोब्बरसम्म भाडा बढाइरहेका छन् ।

गृहमा अनुसार काठमाडौंमा बस्नै नमिल्ने गरी ध्वस्त भएका घरको संख्या ३६ हजार ९७३ छ भने मर्मत गरी बस्न सकिने आंशिक ध्वस्त घर ५० हजार ७५३छन् । ललितपुरमा १६ हजार ५१२ घर बस्न नहुने र ५९८६ घर मर्मतपछि मात्र बस्न सकिने अवस्थामा छन् ।