कोरियन भाषा परीक्षा असोज २ र ३ गते हुने

जेठ ५, काठमाडौँ – भूकम्पका कारण प्रभावित भएको कोरियन भाषा परीक्षा अब आगामी असोज २ र ३ गते हुने भएको छ । श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङको अध्यक्षतामा सोमबार बसेको निर्देशक समितिको बैठकले परीक्षा असोज २ र ३ गते गर्ने निर्णय गरेको हो ।