मृतकको संख्या ८ हजार ६ सय १७

जेष्ठ ५, काठमाण्डौ – भूकम्पमा परी हालसम्म आठ हजार ६१७ जनाको मृत्यु भएको छ । गृह मन्त्रालयका अनुसार हालसम्म वैशाख १२ गतेको भूकम्पमा परी आठ हजार ४६८ जना र २९ गतेको भूकम्पमा परी १४९ जनाको मृत्यु भएको हो ।

हालसम्म आठ हजार ५४४ जनाको शव आफन्तलाई बुझाइएको र घाइतेमध्ये छ हजार ६६ जनाको उपचार भइरहेको छ ।