भूकम्पले दुई हजार छ सय सात मेट्रिक टन खाद्यान्न नष्ट

जेठ ५,नगरकोट – विनाशकारी भूकम्पले भक्तपुरमा दुई हजार ६०७ मेट्रिक टन खाद्यान्न र ६ हजार २४२ मेट्रिक टन तरकारी नष्ट भएको छ ।जिल्ला कृषि विकास कार्यालय भक्तपुरका प्रमुख पूर्ण ढुङ्गानाका अनुसार किसानले सञ्चित गरेको धान एक हजार १२५, एक हजार ६२ आलु र ४२० मेट्रिक टन गहुँ भूकम्पबाट नष्ट भएको हो ।

त्यस्तै च्याउ उत्पादन भइरहेको १४० वटा प्लास्टिकका टनेल भूकम्पले भत्किँदा किसानको ५६ लाखभन्दा बढीको नोक्सान भएको छ । सयभन्दा बढी गोलभेँडा एवम् व्यावसायिक तरकारीका प्लास्टिक टनेलमा समेत भूकम्पले क्षति पु¥याएको छ ।
“यसले १० हजार व्यावसायिक किसान परिवार प्रत्यक्ष प्रभावित भएका छन्”–उहाँले भन्नुभयो ।
भूकम्पले पूर्ण तथा आंशिक क्षति पुगेका घरमा सर्वसाधारणले सञ्चय गरेको खाद्यान्नको भने कुनै लगत लिन नसकिएको उहाँले बताउनुभयो । भूकम्पले भक्तपुरको सूर्यविनायक नगरपालिकामा रहेको कृषि विकास कार्यालयको भवनमा समेत क्षति पु¥याएपछि कर्मचारीले टेन्टमार्फत सेवा दिइरहेका छन् ।
उहाँका अनुसार सरकारले जिल्लाका भूकम्पपीडित किसानलाई निःशुल्क धानको बीउसमेत दिने भएको छ ।