भूकम्पको पराकम्प कम हुँदै गएपछि जनजीवन सामान्य बन्दै

जेठ ५, काठमाडौँ – भूकम्पको पराकम्प कम हुँदै गएपछि राजधानी लगायतका जनजीवन सामान्य बन्दै गएको छ । बजार तथा पसल खुल्न थालेका छन् भने धेरै जना आपmनो दैनिकीमा फर्केन थालेका छन् ।

राष्टिय भूकम्प मापन केन्द्रका अनुसार आइतबार र सोमबार तीन तीन वटा पराकम्प गएका छन् । आज बिहान पनि ४ बजेर ३४ मिनेटमा दोलखा केन्द्रबिन्दु भएर ४ दशमलव ३ रेक्टर स्केलको पराकम्प गएको छ । त्यसबाहेक ४ रेक्टर भन्दा कमका पराकम्प गइरहेकाले सतर्क हुन तर नआत्तिन राष्टिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारी आग्रह गर्नुभयो ।
उहाँका अनुसार ५ रेक्टर स्केलसम्मका पराकम्पलाई साना मानिन्छ र यसले धेरै क्षती गर्दैन । ५ दशमलव ५ रेक्टर स्केलसम्मको पराकम्प आउँदा आत्तिन नपर्ने उहाँको भनाई छ ।
यसैविच उपत्यकामा भूकम्पले धेरै घरमा क्षति पुर्याएपछि भाडामा कोठा पाउनै मुस्किल हुन थालेको छ । वैशाख १२ विनाशकारी भूकम्प र २९ गतेको शक्तिशाली पराकम्पले उपत्यकाका ३ जिल्लामा ७२ हजार ३८५ घरमा तत्काल बस्न नहुने गरी क्षति पुगेपछि व्यवस्थापनमा समस्या उत्पन्न भएको हो । गृह मन्त्रालयले भूकम्पपछिको अवस्थामा काठमाडौं, ललितपुर र भक्तपुरमा तत्काल भाडा बडाए कारबाही गर्ने चेतावनी दिएको छ तर कतिपयले भने यही मौकामा दोब्बरसम्म भाडा बढाइरहेका छन् ।
गृहमा अनुसार काठमाडौंमा बस्नै नमिल्ने गरी ध्वस्त भएका घरको संख्या ३६ हजार ९७३ छ भने मर्मत गरी बस्न सकिने आंशिक ध्वस्त घर ५० हजार ७५३छन् । ललितपुरमा १६ हजार ५१२ घर बस्न नमिल्ने गरी धवस्त भएका छन् ।