मेघ गर्जन सहित पानी पर्ने सम्भावना

जेष्ठ ५, काठमाण्डौ – उपत्यकासहित पश्चिमी पहाडी क्षेत्रका केही ठाउँमा दिउँसोपछि चट्याङ सहित पानी पर्ने संभावना छ । मौसमविद् सुवास रिमालका अनुसार अहिले सफा रहेपनि दिउँसोपछि उपत्यकासहित पश्चिमी पहाडी क्षेत्रका केहि ठाउँमा मेघगर्जन सहित क्षणिक वर्षाको संभावना छ ।

अहिले पूर्वी क्षेत्रमा मौसम बदली भएको छ । त्यहाँ केहिबेरपछि मेघगर्जन र चट्याङसहित पानी पर्ने संभावना रहेको उहाँले बताउनुभयो । बंगालको खाडीबाट आएको जलवाष्पयुक्त वायुका कारण पूर्वी क्षेत्रमा मौसम बदली भएको हो ।
साधारणतया १० जुनमा मनसुन सुरु हुन्छ । तर पछिल्लो वर्षदेखि ढिला भएकाले यसपाली पनि कहिले सुरु हुन्छ यकिन छैन ।