भूकम्पमा परी हालसम्म आठ हजार ५८३ को मृत्यु

जेष्ठ ४, काठमाण्डौ – गत वैशाख १२ र २९ गते गएको भूकम्प तथा पराकम्पनका कारण मृत्यु हुनेको सङ्ख्या आठ हजार ५८३ पुगेको छ ।

गृह मन्त्रालयको राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रका अनुसार वैशाख १२ को भूकम्प र त्यसपछिका पराकम्पनबाट हालसम्म आठ हजार ४४२ जनाको मृत्यु भएको छ भने वैशाख २९ गते गएको अर्को शक्तिशाली पराकम्पनबाट १४१ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपलब्ध गराएको पछिल्लो विवरण अनुसार दुबै पटकको भूकम्प तथा पराकम्पनमा परी हालसम्म एक लाख एक हजार १८१ जना घाईते भएका छन् ।