सामाजिक सञ्जाल ट्वीटर प्रयोगकर्ताले गरे बिकट हिमाली जिल्लामा पुस्तकालय स्थापना

जेष्ठ ३, काठमाण्डौ – “तपाई एउटा पुस्तक दिनुस हामी दिनेछौ पुस्तकालय” भन्ने मूल नारा सहित “परिवर्तनका लागि हाम्रो प्रयास” सस्थाको पहलमा विद्यालय स्थापना को ६ दशक पछि जनकल्याण उच्च माध्यामिक विद्यालय जुबु १ सोलुखुम्बुमा आज एक कार्यक्रम को बीच जनकल्याण पुस्तकालयको औपचारिक उद्घाटन गरिएको छ ।

पुस्तकालय परिवर्तनका लागि हाम्रो प्रयास सस्थाका स्थापक अध्यक्ष हेमन्त वनको संम्योजकत्वमा सामाजिक सञ्जाल ट्वीटर प्रयोगकर्ताबाट आर्थिक सहयोग र ४ हजार १५ थान पुस्तक जम्मा गरि स्थापना गरिएको हो ।

उक्त कार्यक्रममा विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष मिलन राईको सभापतित्व,गाबिस सचिव खर्ग बहादुर राउतको प्रमुख आतिथ्य तथा पुस्तकालयका अभियन्ता हेमन्त वनको विशिष्ट आतिथ्यमा बिद्यार्थी,अभिभावक,शिक्षक,राजनीतिक दलका प्रतिनिधि गरि करिव ४०० जनाको उपस्थितिमा सो कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै सभापति मिलन राईले पुस्तक सहयोग गर्नु हुने र अभियान चलाउने अभियन्ताहरुलाई धन्यवाद दिदै यस पुस्तकालयले बिद्यार्थी,शिक्षा प्रेमीलाई बौद्धिक बिकास को लागि थप टेवा पुग्ने बताउदै व्यवथापन समितिको तर्फबाट पुस्तकालय व्यवथापन र कार्यन्वयनमा सक्दो सहयोग गर्ने प्रतिबद्धता जाहेर गर्नु भएको छ ।