आज विश्व दूरसंचार तथा सूचना समाज दिवस

जेष्ठ ३, काठमाण्डौ – आज विश्व दूरसंचार तथा सूचना समाज दिवस । प्रविधिबारे सुसूचित गर्ने उद्धेश्यले हरेक वर्ष मे १७ तारिखमा यो दिवस मनाउने गरिन्छ । सन् १८६५ मे १७ तारिखमा पहिलो अन्तरराष्टिय टेलिग्राफ सम्मेलनले अन्तरराष्ट्रिय टेलिकम्यूनिकेशन यूनियन स्थापना गर्ने सम्झौतामा हस्ताक्षर गरेको सम्झनामा सन् २००५ देखि यो दिवस मनाउने गरिएको हो ।

समाज परिवर्तन गर्न र आर्थिक विकासका लागि इन्टरनेट र सूचनाको चेतना दिने उदेश्यले यो दिवस मनाउने गरिन्छ । विश्वमा जस्तै नेपालमा पनि इन्टरनेटको पहुँचको विकास भएको छ । सरकारी स्वामित्वमा रहेको नेपाल टेलिकम , नीजि क्षेत्रका एनसेल, यूटियल , स्मार्ट टेलिकम लगायतका सेवा प्रदायक संस्थाले दूर संचारको सेवा दिइरहेका छन् ।