दूर्घटनाग्रस्त अवस्थामा भेटिएको अमेरिकी सेनाको हेलिकप्टरको उद्धारकार्य आज विहानैबाट सुरु

जेष्ठ २, काठमाण्डौ—दूर्घटनाग्रस्त अवस्थामा भेटिएको अमेरिकी सेनाको हेलिकप्टरको उद्धारकार्य आज विहानैबाट सुरु गरीएको  छ । मंगलबारबाट हराइरहेको अमेरिकी सेनाको हेलिकप्टर हिजो दूर्घटनाग्रस्त अवस्थामा भेटिएको हो । दुर्घटनामा परेको हेलीकप्टरको पाटपुर्जा र मृतकहरुको सब आज काठमाण्डौ ल्याईदै छ ।
दुई नेपाली सेना र ६ जना अमेरिकी सेनाका मरिन रहेको युएच वान वाई हुवे विमान हिजो  दुर्घटनाग्रस्त अवस्थामा भेटिए रहेको कालिञ्चोक डाँडाको उत्तरीपट्टी घोर्थलीको सिन्दूरे डाँडामा सो हेलिकप्टर फेला परेको सेनालेको नेपाली सेनाले जनाएको हो ।
११ हजार २०० फिट उचाइमा बताएको छ ।
स्थानीयले दिएको सूचनाको आधारमा नेपाली सेनाको उद्धार टोली त्यहाँ पुगेको थियो । भूकम्पपीडितको उद्धार तथा राहत सामग्री लिएर अमेरिकी सेनाको हेलिकप्टर दोलखा गएको थियो । मंगलबार दिउँसो दोलखा केन्द्रविन्दु बनाइ ६.८ रेक्टर स्केलको भूकम्प गएपछि विमान हराएको थियो ।
हेलिकप्टर के कारणले दुर्घटना ग्रस्त भयो भन्ने बारे अझै यकिन हुनसकेको छैन । यद्यपि अमेरिकी सेनाका कर्नेल स्टिभ वारनले भने भारतीय हेलिकप्टरले रेडियोमा अमेरिकी सेनाको हेलिकप्टरमा इन्धनको समस्या भएको कुरा सुनेको बताएका छन् ।
सहयोगी हात नाम दिइएको अमेरिकी अपरेशन अन्तरगत उक्त हेलिक्पटर राहत र उद्धारमा खटिएको थियो ।