काठमाडौं उपत्यका सहित देशभरको मौसम आज बदली

जेठ १,काठमाडौँ – काठमाडौं उपत्यका सहित देशभरको मौसम आज बदली हुनेछ । जल तथा मौसम पुर्वानुमान महाशाखाका अनुसार आज बिहान मौसम सामान्य रहे पनि बेलुकी र राती देशका धेरै ठाउँमा मेघगर्जन सहित पानी पर्ने संभावना छ ।

केहि ठाउँमा असिना पानी पनि पर्न सक्ने अनुमान गरिएको छ । विशेषगरी काठमाडौबाट उतर र पूर्वका केहि ठाउँमा मेघगर्जन सहित हावाहुरी, असिना र पानीको सम्भावना धेरै छ । महाशाखाले विशेष सूचना जारी गरेर यो जानकारी दिएको हो ।
महाशाखाका अनुसार भोलि बेलुकी पनि काठमाण्डूबाट उतर र पूर्वका पहाडी क्षेत्रमा मेघगर्जन र हावाहुरी सहित असिना पानी पर्ने संभावाना छ । भोलि मध्यरातबाट मौसममा क्रमिक सुधार हुने महाशाखाले जनाएको छ ।