भुकम्प पिडितको उद्धारमा संलग्न अमेरिकी सेनाको हेलिकप्टर अझै पनि अज्ञात

जेठ १,काठमाडौँ – भुकम्प पिडितको उद्धारमा संलग्न अमेरिकी सेनाको हेलिकप्टर मंगलबारदेखि अझै पनि अज्ञात रहेको छ ।

हराइरहेको हेलिकप्टरको खोजीका हिजोे दिनभर नेपाली सेनाका तीन वटा, अमेरिकी सेनाको एउटा र भारतीय सेनाको एउटा हेलिकप्टरले खोजी गरेपनि फेला नपरेको गृह मन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद ढकालले बताउनुभयो ।
उहाँका अनुसार उद्धार र राहतका लागि खटाइएका हेलिकप्टर पनि खोजीमा प्रयोग गरिएको छ । हराइरहेको हेलिकप्टर तामाकोसी नदीमा खसेको आशंकामा खोजीको काम भैरहेको छ । तर हिजो दिनभरी नै हेलिकप्टर खोज्दा पनि नभेटिएको प्रवक्ता ढकालको भनाई छ ।
यसैविच हराईरहेको हेलिकप्टर खोजीका लागी आज अमेरिकाबाट रिमोट सेन्सर युक्त विषेश जहाज नेपाल आउँने भएको छ । उक्त जहाँज ल्याउँन नेपाल सरकारले तत्काल अनुमती दिएको पनि जनाईएको छ ।