भुकम्पका पराकम्पन्न जाने क्रम अझै जारी,आज विहान ३ पटक पराकम्पन्नको महसुस

जेठ १,काठमाडौँ – बैशाख १२ को महाभुकम्प पछि भुकम्पका पराकम्पन्न जाने क्रम अझै जारी रहेको छ । आज विहान पनि ३ पटक पराकम्पन्नको महसुस भएको भुकम्प मापन केन्द्रले जनाएको छ । आज बिहान दोलखा केन्द्रबिन्दु भएर ३ बजेर ३८ मा ४ दशमलब १ र ४ बजेर ६ मा ४ दशमलब ३ रेक्टर स्केलको भुकम्प आएको केन्द्रले जनाएको छ । त्यसैगरी अहिले विहान ७ बजेर २९ मिनेटमा धादीङलाई केन्द्रविन्दु बनाएर ५ दशमलब ५ रेक्टरस्केलको भुकम्प गएको मापन केन्द्रले जनाएको छ ।

यसअघि हिजो सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, दोलखा र रसुवालाई केन्द्रबिन्दु बनाएर चार स्केलभन्दामाथिका १० वटा भूकम्पका पराकम्प महसुस भएका थिए ।
यही वैशाख १२ गतेदेखि हालसम्म चार रिक्टर स्केलभन्दामाथिका २२६ वटा भूकम्पको पराकम्प गएको केन्द्रले जनाएको छ ।
यसैविच बैशाख २९ गतेको भुकम्पमा परि हाल सम्म १ सय १० जनाको मृत्यु भएको छ । बैशाख १२ र २९ गतेको महाभुकम्प पछि मृत्यु हुने संख्या ८ हजार ३ सय १९ पुगेको छ । भने १९ हजार भन्दा धेरै घाईते भएका छन् ।