विवाह गर्छु भन्दै बलात्कार गरे

बैशाख २९,महोत्तरी – फुलहठ्ठा पर्कौलीकी १५ वर्षकी एक किशोरीलाई पर्कौली ८ का १९ वर्षका रोहबर अन्सारीले बिहे गर्ने आश्वासन दिएर बलात्कार गरेको आरोप लागेको छ ।

उनले किशोरीलाई २३ वैशाख राति बलात्कार गरेको भन्दै परिवारले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन् । अन्सारी फरार छन् । विवाह गर्ने प्रलोभन देखाउँदै अन्सारीले किशोरीलाई बलात्कार गरेको भए पनि पछि उनले विवाह गर्न अस्वीकार गरेको उजुरीमा उल्लेख गरिएको छ ।
घटनापछि दुवै पक्षका अभिभावकबीच भएको छलफलमा किशोरीका अभिभावकले बलात्कारमा संलग्न युवकसँगै किशोरीको विवाह गराइदिने र घटनालाई सामसुम पार्ने प्रस्ताव गरेका रहेछन्’ महोत्तरीका प्रहरी उपरीक्षक सौरभ राणाले भने, ‘तर केटा पक्षका अभिभावकले विवाह गर्न अस्वीकार गरेकाले घटना सार्वजनिक भएको देखियो ।