चट्याङले १ को मृत्यु ४ घाइते

बैशाख २९,धादिङ – सोमबार साँझ धादिङको नीलकण्ठ नगरपालिका ११ साङकोसमा परेको चट्याङले एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्।

मृत्यु हुनेमा सुनील गुरुङ रहेका छन्। उनी धादिङमै कक्षा १२ मा अध्यानरत थिए। घाइतेको चार जनाको उपचार जिल्ला अस्पताल धादिङमा भइरहेको छ। दिउँसै देखि हुरी वतास सहित पानीले जनजीवन अस्तव्यस्त बनाएको थियो।