अमेरिकी सेना आउने खबरले सबै शसंकीत

बैशाख २८ ,काठमाडौ –  सरकारले विदेशी सेना बाहिरिरहेको भनिरहँदा अमेरिकाबाट हेलिकप्टरसहित थप सेना आउने भएका छन्। विकट क्षेत्रमा राहत वितरण सहज पार्न भन्दै अमेरिकाले ५० वायुसेना र दुई यूएच–१ हुए हेलिकप्टर पठाउन लागेको हो।

अमेरिकी राजदूत पिटर डब्लू बोडीले खोजी–उद्धारमा आएका सेना फर्किरहेको उल्लेख गर्दै थप केही सेना ल्याउन सरकारसँग छलफल भइरहेको बताए।
खोजी, उद्धार र राहतका निम्ति बहुराष्ट्रिय सेना संयोजन केन्द्रका प्रमुख उपरथी विनोज बस्न्यातले चाहिँ त्यस्तो टोली आउन नसक्ने बताए। उद्धार सकिएपछि अमेरिकी सेना आउने लागेका विषयमा सबैलाई शसंकित बनाएको छ ।