हावाहुरीका कारण सुदूरपश्चिममा साढे चार सय घरमा क्षति

बैशाख २८,भीमदत्तनगर – हालै आएको हावाहुरीका कारण सुदूरपश्चिममा साढे चार सयभन्दा बढी घरमा क्षति पु¥याएको छ । सुदूरपश्चिम क्षेत्रीय प्रहरी कार्यालयले दिएको जानकारीअनुसार प्रहरी चौकी, शिक्षण संस्था र सर्वसाधारणका घर गरी ४७६ घरमा क्षति पु¥याएको छ । हावाहुरीले सबैभन्दा बढी कैलालीमा २८६ घरमा आशिंक क्षति पु¥याएको छ ।

त्यसैगरी कञ्चनपुरमा १५० घर, बझाङ, डडेल्धुरामा पाँच÷पाँच घर र डोटीमा एक घरमा आशिंक क्षति पु¥याएको सुदूरपश्चिम क्षेत्रीय प्रहरी प्रमुख प्रहरीनायब महानिरीक्षक रामकुमार खनालले बताउनुभयो । उहाँले दिएको जानकारीअनुसार कञ्चनपुरमा ४७ वटा पक्की घरमासमेत हावाहुरीले क्षति पु¥याएको छ ।

त्यसैगरी कैलालीमा ११ शैक्षिक संस्थामा क्षति पुगेको छ भने कञ्चनपुर, डोटी, डडेल्धुरा र बैतडीमा गरी जम्मा १८ वटा शैक्षिक संस्थामा क्षति पुगेको प्रहरीले जनाएको छ ।
हावाहुरीले यहाँका अन्य सरकारी कार्यालय र मठमन्दिरमा भने कुनै क्षति भएन । हावाहुरीका कारण कञ्चनपुरमा दुई र कैलालीमा दुई गरी चारजनाले ज्यानसमेत गुमाएका थिए भने १२ जना घाइते भएको प्रहरीले जनाएको छ । हावाहुरीका कारण यहाँको विद्युत, सञ्चार क्षेत्रमा पनि पु¥याएको क्षतिका कारण अझै सेवा पूर्ण रुपमा सञ्चालन हुन सकेको छैन ।