‘विपतको मौका छोपेर भारतले हस्तक्षेपकारी भूमिका निर्वाह गरिरहेको छ’-मोहन बैद्य

बैशाख २७, काठमाण्डौ –नेकपा–माओवादीका अध्यक्ष मोहन बैद्यले महाभुकम्पपछिको विपत्को मौका छोपेर भारतीय सेनाले नेपालमा हस्तक्षेपकारी भूमिका निर्वाह गरिरहेको आरोप लगाएका छन् ।

राजधानीमा आयोजित एक कार्यक्रमपछि हामीसँग कुरा गर्दै उनले सरकार र नेपाली सेनासँगको समन्वयमा राहत र उद्दारमा खटिनुपर्ने भारतीय सेना आफूखुसी चलेको आरोप लगाए ।
बैद्यले भूकम्पको केन्द्रविन्दु गोर्खाको बारपाकमा भारतीय सेनाले पकड जमाएको जिकिर पनि गरे ।
हिजो संसद बैठकलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्रीहरुले राष्ट्रिय सरकार गठनका लागि राखेको प्रस्तावमा भने बैद्य सहमत छैनन । राष्ट्रिय सहमतिको सरकारको नाममा गठन हुने सरकारले मनपरी गर्न सक्ने उनको आशंका छ ।