मेसोडोनियामा अज्ञात बन्दुकधारीको आक्रमणमा परी कम्तीमा ५ जना प्रहरी मारिए

बैशाख २७, काठमाण्डौ – युरोपेली मुलुक मेसोडोनियामा अज्ञात बन्दुकधारीको आक्रमणमा परी कम्तीमा ५ जना प्रहरी मारिएका छन । राजधानी स्कोप्यबाट ४० किलोमिटर टाढाको सानो शहरमा आतंकवादी आक्रमण हुँदा अन्य २० जना घाईते भएका छन् ।

छिमेकी मुलुक कोसोभो र सर्बियाको उत्तरी सिमानजिक कुमानोभो शहरमा अत्याधुनिक हतियारबाट सुसज्जित तालिमप्राप्त लडाहुकहरुले आक्रमण गरेको त्यहाँको आन्तरिक मन्त्रालयले जनाएको छ ।
यसका साथै बिद्रोहीहरुले राज्यका अन्य संस्थामा पनि आक्रमणको योजना बनाईरहेको बताईएको छ । हिंसाग्रस्त क्षेत्र अल्बानीयन मुलका नागरिकहरुको बाहुल्य रहेको क्षेत्र हो ।
सो स्थानमा सन् २००१ मा अल्बानीयनहरुको लागि विशेष अधिकार माग गर्दै सशस्त्र विद्रोह सुरु भएको थियो । पछि सरकारसँग शान्ति सम्झौता भएपछि सशस्त्र विद्रोह अन्त्य भएपनि तनाव भने कायमै छ ।