यमनका सर्वसाधारणलाई घर छोड्न अपिल

बैशाख २६,काठमाडौं – यमनमा हुती बिद्रोही बिरुद्ध आक्रमण गरिरहेको सउदी अरबको गठबन्धन सेनाले यमनका सर्वसाधारणलाई घर छोड्न अपिल गरेको छ ।

सउदी अरबको गठबन्धन सेनाले हवाईजहाजबाट पर्चा छर्दै यमनमा हवाई हमला जारी रहँदा सर्वसाधारणको पनि ज्यान जान थालेपछी यमन छोड्न अपील गरिएको हो ।
सादा प्रान्तमा अखडा जमाई बसेका हुती बिद्रोहीलाई निमिट्यान्न पार्नका लागि सर्वसाधारणलाई सादा प्रान्त लगाएत अन्य प्रान्त छोड्न अपील गरिएको हो । यसैबीच यमनमा गरिएको पछिल्लो आक्रमणमा १० जनाको मृत्यु भएको छ ।
सउदी अरबका बिदेशमन्त्री आदेल अल जुबैरका अनुसार पाँच दिन यताको हमलामा १२ सय जनाको मृत्यु भइसकेको छ जसमा ६ सय सर्वसाधारण परेका छन् । एजेन्सी