इंन्डियन प्रिमिय लिग (आइपिएल) क्रिकेटमा आज दुईखेल हुँदै

बैशाख २६, काठमाण्डौ – इंन्डियन प्रिमिय लिग (आइपिएल) क्रिकेटमा आज दुईखेल हुँदैछ । पहिलो खेल अपराहन्न नेपाली समय अनुसार सबा ४ बजे डिल्ली डेएरडेविल्स र सनराईजर र्हदराबाछ विच हुने भएको छ भने किंस ईलाभेन पन्जाब र कोलकोता नाईटराईर्डस विच अर्को खेल राती सबा ८ बजे हुने भएको छ ।

यसैविच गए रति भएको खेलमा मुम्बइ इंन्डियन्स विजयी भएको थियो । चेन्नइमा भएको खेलमा मुम्बइले शीर्ष स्थानको चेन्नइ सुपरकिंग्सलाई ६ विकेटले पराजित गरेको हो ।
चेन्नइले प्रस्तुत गरेको १ सय ५९ रनको लक्ष्य मुम्बइले १९ दशमलव २ ओभरमा मात्र चार विकेटको क्षतिमा भेट्टायो । यसअघि पहिले ब्याटिङ गरेको चेन्नइले निर्धा्रित २० ओभरमा पाँच विकेटको क्षतिमा १ सय ५८ रन बनाएको थियो ।
चाइपिएलको यो सिजनमा चेन्नइले आफ्नो घरेलु मैदानमा पहिलो हार हो । हारपछि पनि शीर्ष स्थानमा रहेको चेन्नइको ११ खेलबाट १४ अंक छ । उसले ७ खेलमा जित र चारमा हार ब्यहोरेको छ । चौंथो स्थानमा रहेको मुम्बइको ११ खेलबाट १२ अंक भएको छ ।