एएफसी यु–१४ क्षेत्रीय महिला फुटबलको सेमिफाइनल खेलमा आज नेपालले भारतको सामना गर्दै

बैशाख ११, काठमाण्डौ— एएफसी यु–१४ क्षेत्रीय महिला फुटबलको सेमिफाइनल खेल आज हुँदैछ । आयोजक नेपालले आज चीरपरिचित प्रतिद्धन्द्धी भारतसँग खेल्दैछ । समूह ‘ए’को विजेता नेपालले समूह ‘बी’को उपविजेता भारतसँग खेल्न लागेको हो । नेपालले समूहका तीनमध्ये तीनै खेल जितेको थियो ।

भारतले समूहमा बंगलादेशसँग बराबरी खेलेको थियो भने भुटानलाई हराएको थियो । प्रतियोगिताको अर्को सेमिफाइनल खेलमा इरान र बंगलादेश भिड्नेछन् । इरान नेपालको समूहमा दोस्रो भएको थियो भने बंगलादेश समूह ‘बी’मा पहिलो हुँदै सेमिफाइनलमा पुगेको थियो ।